You are viewing the translated version of (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) परिचयपत्र नवीकरण गर्नका लागि दिइने निवेदनको ढाँचा.

Schedule 6
(नियम ५ को उपनियम (२) सँग सम्बन्धित) परिचयपत्र नवीकरण गर्नका लागि दिइने निवेदनको ढाँचा

अनुसूची–६

(नियम ५ को उपनियम (२) सँग सम्बन्धित)

परिचयपत्र नवीकरण गर्नका लागि दिइने निवेदनको ढाँचा

श्री नियोग प्रमुख/सचिवज्यू

…………………….. ।

गैर आवासीय नेपाली सम्बन्धी ऐन,२०६४ को दफा ४ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली,२०६६ को नियम ४ को उपनियम (१) बमोजिम मिति ………………… मा लिएको गैर आवासीय नेपालीको परिचयपत्रको बहाल अवधि मिति ……………………… मा समाप्त हुने भएकोले देहायको विवरण तथा कागजात संलग्न गरी परिचयपत्र नवीकरण गरी पाउँ भनि यो निवेदन गरेको छु ।

१. निवेदकको,–

(क) नाम, थरः–

(ख) बसोबास गरिरहेको ठाउँको ठेगानाः

(ग) विदेशमा बस्ने नेपाली नागरिक भए निजको नेपालको ठेगानाः–

२. हालको पेशा, व्यवसाय वा रोजगारः

३. गैर आवासीय नेपालीको रूपमा दर्ता भएको मिति र दर्ता नम्बरः

४. साविकको परिचयपत्र नंः

५. परिचयपत्र नवीकरणका लागि माग गरेको अवधिः

निवेदकको,–

सहीः…………………….

मितिः…………………….

संलग्न कागजातः

विदेशमा बस्ने नेपाली नागरिकको हकमा,–

१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. नेपाली राहदानीको प्रतिलिपि

३. विदेशमा कुनै पेशा व्यवसाय गरी बसेको भए त्यस्तो पेशा व्यवसायको दर्ता सम्बन्धी कागजात

४. विदेशमा रोजगारी गरी बसेको भए सो सम्बन्धी कागजात

५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात

६. पुरानो परिचयपत्रको प्रतिलिपि ।

नेपाली मूलको विदेशी नागरिकको हकमा,

१. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात

२. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण

३. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात

४. नेपालभन्दा बाहिर कुनै देशमा पेशा वा व्यवसाय गरी बसेको भए सो दर्ता सम्बन्धी कागजात

५. नेपालभन्दा बाहिर कुनै देशमा पेशा वा रोजगारी गरी बसेको भए सो सम्बन्धी कागजात

६. पुरानो परिचयपत्रको प्रतिलिपि ।